०७ असार २०८३, आइतबार

भारतमा गाईको गोबरबाट बनेका ११ करोड दियो बालिने

भारतमा गाईको गोबरबाट बनेका ११ करोड दियो बालिने

भारतमा यसपालिको तिहार (दिवाली)मा गाईको गोबरबाट बनेका ११ करोड दियोहरू बेचिने त्यहाँको राष्ट्रिय कामधेनु आयोगले जनाएको छ । 

आयोगले विभिन्न संस्था, स्वयंसेवी संगठन, गौशाला र महिला सहकारीहरूसँग मिलेर यसका लागि काम गर्न आह्वान गरेको छ । 

‘देशभरिका महिलाले गौ माता दिया परियोजनमामार्फत रोजगारी र आर्थिक सहायता प्राप्त गर्नेछन्,’ आयोगका अध्यक्ष वल्लभ कथिरियाले बताए । 

गोबरबाट दियो देशका विभिन्न भागमा बनाइने गरेको भए पनि पहिलोपटक विशाल स्तरमा राष्ट्रव्यापी पहल गरिएको उनले बताए । 

यस परियोजनाको कार्यान्वयनको नेतृत्व गरिरहेका पुरीश कुमारले ११ करोड दियोहरू सजिलै बन्ने बताए । ‘हामीले प्रत्येक राज्यमा स्वयंसेवीहरू खडा गरेका छौं । प्रत्येक परिवारले अनेकौं दियो किन्नेछन्,’ उनले थपे । 
 

कमेन्ट गर्नुहोस्