३१ असार २०८३, बुधबार

उत्तर कोरियाले ग–यो संयुक्त राष्ट्रसंघको आलोचना

कात्तिक २०, २०७४
उत्तर कोरियाले ग–यो संयुक्त राष्ट्रसंघको आलोचना

काठमाडौं, २५ वैशाख — उत्तर कोरियाले अमेरिकालाई कोरियाली प्रायद्वीपमा तनाव बढाएको आरोप लगाएको छ । साथै अमेरिकी क्षेप्यास्त्रलाई जहाँ पायो त्यहीँ जान छुट दिएको भनी उसले संयुक्त राष्ट्रसंघको पनि आलोचना गरेको छ ।


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तेजक बयान दिइरहेको र उनले यसो गरिरहे आफूले कडा उत्तर दिने उत्तरले बतायो ।

उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अमेरिकाको अन्तर्महाद्वीपीय क्षेप्यास्त्र परीक्षणलाई निन्दा पनि गरेन अनि प्रतिबन्ध पनि लगाएन । त्यो क्षेप्यास्त्र ६ हजार किलोमिटर पर पुगेको थियो । तर उत्तर कोरियाले आफ्नै जमीन र जलमा परीक्षण गर्दा चाहिँ प्रतिबन्ध खेप्नुपर्ने ?’

कोरियाली प्रायद्वीपमा अमेरिकाले ताण्डव मच्चाइरहँदा पनि निन्दा नगर्ने संयुक्त राष्ट्रसंघको कदमका कारण गम्भीर स्थिति उत्पन्न भएको विदेशमन्त्रीले बताए ।

यसैबीच उत्तर कोरियाले एसियाली मुलुक भियतनाम र थाइल्यान्डलाई पत्र पठाउँदै आफूलाई सहयोग नगरेमा एसियामै आणविक नरसंहार मच्चाउने चेतावनी दिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्