
अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसबाहिर रकून नामक प्राणीको एक समूहले पत्रकारहरूमाथि आक्रमण गरेको छ ।
एउटा रकूनले फोटोपत्रकार तथा संवाददातालाई समातेको समेत आरोप छ ।
ट्विटरमा प्रयोगकर्ताहरूले मजाक गर्दै रकूनहरू मिडियाविरुद्ध ट्रम्पका सिपाही बने कि क्या हो भनी मजाक गरिरहेका छन् ।
सोमवार बिहान ह्वाइट हाउसको नर्थ लनमा एक रकूनले थुप्रै पत्रकारहरूमाथि आक्रमण गरेको सीबीएसकी पत्रकार पउला रेडले ट्विटरमा लेखिन् । एउटा रकूनले एक फोटोग्राफरको पाइन्ट समातेको र अर्का एक संवाददातालाई पनि समातेको र त्यसलाई पछि लखेटिएको बताइएको छ । रेडका अनुसार, ह्वाइट हाउसका कर्मचारीहरूले यूएस जनरल सर्भिसेज एडमिनिस्ट्रेसनकहाँ पुगेर रकूनहरूलाई लखेटेका थिए ।
Strong Pawnee vibes at White House this morning as a raccoon attacked multiple news crews on North Lawn. 🦝 allegedly grabbed pant leg of a photographer & then a corespondent before being fended off. (WH 🦝🦝 🦝 pictured here in more peaceful times.) pic.twitter.com/o5VbTUHxBR
— Paula Reid (@PaulaReidCBS) September 28, 2020
रेडको ट्वीट तत्कालै भाइरल भयो अनि ट्रम्पविरोधीहरूले रकूनहरू ह्वाइट हाउसमा फोहर सफा गर्न तथा राष्ट्रपति ट्रम्पलाई हटाउन पुगेको भनी लेखे ।
अनि ट्रम्पले उदारवादी मिडियाहरूप्रति घृणा व्यक्त गरिरहने भएकाले अन्य केहीले चाहिँ पत्रकारहरूलाई आक्रमण गर्न रकूनहरू पठाइएको पनि मजाक गरे ।