
प्राकृतिक विपद्का कारण विगत ६ महिनाको अवधिमा ३९८ जनाको मृत्यु भएको छ भने १०४ जना बेपत्ता र ४२९ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि हालसम्मको अवधिमा सो संख्यामा मानवीय क्षति भएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार मनसुन शुरू भएदेखि पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् ।
बाढीबाट ३९ जनाको मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।