०७ असार २०८३, आइतबार

गच्छदार उपप्रधानमन्त्री बन्नेभएपछि कमल थापाले गरे सुरक्षाकर्मी फिर्ता

कात्तिक २०, २०७४
गच्छदार उपप्रधानमन्त्री बन्नेभएपछि कमल थापाले गरे सुरक्षाकर्मी फिर्ता
काठमाडौं २५ वैशाख– राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको हैसियतमा पाएको सुरक्षाकर्मी सोमवार फिर्ता गरेका छन् ।

यसअघि आफूले सम्हाल्दै आएको स्थानीय विकास मन्त्रालय विजयकुमार गच्छेदारले उपप्रधानमन्त्रीसहित सम्हान्ने भएपछि थापाले सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग लगाएपछि राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ‘उपप्रधानमन्त्रीको सुरक्षा ब्यवस्था राम्रो संग सम्पन्न गर्ने सुरक्षाकर्मीहरुलाई धन्यवाद सहित बिदाई’ थापाले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

कमेन्ट गर्नुहोस्