०३ साउन २०८३, आइतबार

पायल घोषको उजुरीमा प्रहरीले बयानका लागि बोलायो अनुराग कश्यपलाई

असोज १४, २०७७
पायल घोषको उजुरीमा प्रहरीले बयानका लागि बोलायो अनुराग कश्यपलाई

भारतको मुम्बई प्रहरीले बुधवार फिल्म निर्माता अनुराग कश्यपलाई बिहीवार बयानका लागि बोलाएको छ । 

अभिनेत्री पायल घोषले कश्यपविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले कश्यपलाई बोलाएको हो । 

कश्यप बिहीवार वर्सोवा प्रहरीलाई बयान दिन जाँदैछन् । 

सात वर्षअघि आफूलाई कश्यपले बलात्कार गरेको पायल घोषले आरोप लगाएकी छन् । 
 

पायलका वकिल नितिन सतपुरेले भने, ‘बलात्कार, गलत नियन्त्रण, गलत तरिकाले कैदमा राखेको अनि महिलाको मर्यादामाथि आघात गरेको कसूरविरुद्ध उजुरी गरिएको छ ।’

आफूमाथि लगाइएका आरोपहरू झूटो भएको कश्यपले बताएका छन् । 

सोमवार पायलले रिपब्लिकन पार्टी अफ इन्डियाका अध्यक्ष रामदास आठवलेसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कश्यपलाई पक्राउ गर्न माग गरिन् । 

सोमवार उनले मुम्बईका जोइन्ट कमिस्नर अफ पुलिस विश्वास नांगरे पाटिललाई भेटेर कश्यपविरुद्ध कारवाहीको माग गरिन् । 

उनले आठवलेसँग मिलेर महाराष्ट्रका राज्यपाल बीएस कोशियारीलाई पनि स्मरणपत्र दिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्