२२ असार २०८३, सोमबार

पेचिलो बन्दै मन्त्रिपरिषद् पुनर्गठन, ओली–प्रचण्ड भेटवार्ता स्थगित

पेचिलो बन्दै मन्त्रिपरिषद् पुनर्गठन, ओली–प्रचण्ड भेटवार्ता स्थगित

मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर पछिल्ला दिनमा लगातार भेटवार्ता गर्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधवार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

प्रचण्डको सचिवालयले बुधवारको भेटवार्ता स्थगित भएको जानकारी दियो । 

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा बुधवार थप छलफल गर्नेगरी मंगलवारको भेटवार्ता सकिएको थियो । स्थायी कमिटी बैठकको स्पिरिट अनुसार सरकारको काम प्रभावकारी बनाउन पूरै सेट परिवर्तन गर्नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्डले प्रस्ताव गरेका थिए । 

प्रधानमन्त्री ओली भने राम्रो काम गरेकालाई निरन्तरता दिनेगरी केही मन्त्री हेरफेर गर्ने अडानमा रहेको नेकपा स्रोतको दाबी छ ।

दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भइरहेको छ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेपछि अर्थ, सञ्चारलगायतका महत्त्वपूर्ण मन्त्रालय प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

असोज ४ गते बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुनर्गठनको संकेत मन्त्रीहरूलाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्