१४ असार २०८३, आइतबार

तत्कार पीसीआर परीक्षण शुल्क घटाउन निजी प्रयोगशालालाई सरकारको चेतावनी, नमाने अनुमति खारेज

असोज १५, २०७७
तत्कार पीसीआर परीक्षण शुल्क घटाउन निजी प्रयोगशालालाई सरकारको चेतावनी, नमाने अनुमति खारेज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आठवटा निजी प्रयोगशालालाई २४ घण्टाभित्र पीसीआर परीक्षण शुल्क समायोजन गर्न निर्देशन दिएको छ ।

सरकारले तोकेको शुल्क समायोजन नगरे परीक्षण अनुमति खारेज गरिने समेत मन्त्रालयले जनाएको छ । यसअघि शुल्क समायोजन नगर्ने प्रयोगशालालाई अन्तिमपटक पत्र पठाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको थियो ।

मन्त्रालयले २४ घण्टे समयसीमा दिएकोमा ह्याम्स अस्पताल, स्टार अस्पताल, बी एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला रहेका छन् । यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन् । सरकारले यसअघि पीसीआर परीक्षण शुल्क घटाएर दुई हजार रुपियाँ कायम गरेको थियो ।

गुणस्तर तथा नियमन महाशाखाको सिफारिसका आधारमा निजी प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। गत भदौ २८ गतेबाट पीसीआर परीक्षण शुल्क दुई हजार रुपियाँ तोके पनि यी आठवटा प्रयोगशालाले बढी शुल्क लिएका थिए ।

यी प्रयोगशालालाई बढी शुल्क लिएको भन्दै कालोबजारी ऐनअनुसार कारबाही गर्न वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको जानकारी उनले दिए। यसअघि निजी प्रयोगशालाले गत सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले पीसीआर परीक्षणमा तीन हजार ८९९ रुपियाँ लिएको र त्योभन्दा कम गर्न नसकिने जनाएका थिए । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्