०५ असार २०८३, शुक्रबार

माओवादी नेत्रीले फेसबुकमा यस्तो चुनावी स्टाटस लेखेपछि...

कात्तिक २०, २०७४
माओवादी नेत्रीले फेसबुकमा यस्तो चुनावी स्टाटस लेखेपछि...
काठमाडौं, २५ बैशाख – निर्वाचन आयोगले ने.क.पा. (माओवादी केन्द्र) का नेत्री तथा सचेतकसीता नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा पोष्ट गरेको विषयलाई लिएर निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगको निर्णय यसप्रकार छः ‘‘संवत् २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका सिलसिलामा “माओवादी केन्द्रका सचेतक माननीय श्री सीता नेपालीले निर्वाचन आयोगका प्रवक्ताका अनुसार अहिलेसम्म निर्विरोध सदस्य’’ भन्ने व्यहोरा उल्लेख गर्दै ‘‘माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको तथ्याङ्कसम्बन्धमा छानबिन गर्नुपर्ने” भनी फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएको हुँदा फेसबुकमार्फत गलत सूचना सम्पे्रषण गरेको देखिन आएकाले तपाईंलाई निर्वाचन आचार संहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने ? कारवाही नगर्नु पर्ने कुनै कारण भए यो पत्र बमोजिमको सूचना प्राप्त भएका मितिले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्नुहुन’’ भन्ने उल्लेख छ ।
Fullscreen capture 582017 85045 PM

salt training

कमेन्ट गर्नुहोस्