कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असोज १६, २०७७
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुटवलमा आन्दोलनमा उत्रिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा ओर्लिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलित नेविसंघले बुटवलमा ३ वटा गाडी तोडफोड समेत गरेको छ ।
आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका हुन् ।
त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको छ ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन शुरू गरेको बताए ।
कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।
प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।
आन्तरिक मामिला मन्त्री केसीले प्रदेशको नाम लुम्बिनी तोक्ने प्रस्ताव पेश गरेका छन् ।
राजधानीको विषय लामो समयदेखि विवादमा रहँदै आएको थियो ।
शुक्रवार प्रस्ताव पेश भएपछि सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै दिउँसैबाट बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...