
आर्मेनिया र अजरबैजानबीच चलिरहेको द्वन्द्वका क्रममा आर्मेनियाली सैनिकहरूमाथि बम प्रहार गरेको भिडियो अजरबैजानको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।
आकाशबाट लिइएको भिडियोमा अजरबैजानको विमानले आर्मेनियाली सैनिक र सैन्य उपकरणलाई ताकेको देखिन्छ ।
अजरबैजानको युद्धविमान र दुई ड्रोनहरू आर्मेनियाले खसाएको भन्ने समाचार पनि आएको छ ।
नागोर्नो–काराबाख क्षेत्रका लागि दुई देशबीच चलेको लडाइँ आठौं दिनमा प्रवेश गरेको छ ।
लडाइँमा परी लगभग २०० मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ । तिनमा ३० सर्वसाधारण पनि छन् ।