०३ साउन २०८३, आइतबार

चीनमा धार्मिक पुस्तक बेच्ने व्यक्तिलाई ७ वर्षको कारावास सजाय

असोज १८, २०७७
चीनमा धार्मिक पुस्तक बेच्ने व्यक्तिलाई ७ वर्षको कारावास सजाय

चीनका एक अन्लाइन पुस्तक पसलेलाई धार्मिक पुस्तक बेचेकोमा सात वर्षको कारावास सजाय दिइएको छ । 
 

क्रिस्चियन धर्मावलम्बी चेन युलाई विदेशी प्रकाशन संस्थाले निकालेका धार्मिक पुस्तकहरूको अवैध व्यापार गरेकोमा दोषी ठहर गरिएको छ । उनले ती पुस्तकहरू चीनमा रहेको ईकमर्स पसलबाट बेच्ने गरेका थिए । 
 

चेनले वेइडियान नामक पुस्तक बेच्ने अन्लाइन यापमा सियाओमाइ बूक चेम्बर चलाउने गर्थे । 

झाङ सियाओमाइ नाम राखेर उनले २० हजार पुस्तक बेचेका थिए जसमध्ये ८०० वटा ‘अवैध’ थिए । 

अमेरिकामा रहेको रेडियो फ्री एसियाका अनुसार, धेरैजसो पुस्तक अमेरिका र ताइवानबाट आएका थिए । 

चेनलाई प्रहरीले चीनविरोधी शक्ति नाम दिएको थियो र उनका ग्राहकहरूको घरको समेत खानतलाशी गरेर किताब बरामद गरेको थियो । 

उनलाई पोहोर साल सेप्टेम्बर महिनामा पक्राउ गरिएको थियो र अघिल्लो महिना सजाय दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्