१० असार २०८३, बुधबार

७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य गर्न चिकित्सक संघको अल्टिमेटम

७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य गर्न चिकित्सक संघको अल्टिमेटम

नेपाल चिकित्सक संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट डा गोविन्द केसीको सत्याग्रहको अन्त गर्न सरकारसंग माग गरेको छ ।

२१ दिन पुगी सक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरि बेवास्ता गरेको भन्दै संघले ७२ घण्टामा वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । 

चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आइतवार एक विज्ञप्ती प्रकाशित गरी डा. के.सी.को स्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको परिस्थितिमा सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न माग गरेका हुन । 

‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पहल अगाडी नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तो सुकै कठोर कदम चाल्न बाध्यहुने र यसबाट उत्पन्नहुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ विज्ञप्तिमा भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्