
काठमाडौं, ९ पुस ९ दुई दिनअघि उपत्यका बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले अर्को आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाल आयल निगमले एक सातापहिले डिजेल, मट्टितेल र पेट्रोलमा समान साढे ४ रुपयाँ बृद्धि गरेको थियो । नेपालमा यायायात, ढुवानी र उत्पादनमा प्रयोग हुने इन्धनको पेट्रोलियम पदार्थ रहेको र त्यसको विकल्प अरु कुनै नरहेकाले यसमा भएको सामान्य मूल्य बृद्धिले पनि सबै क्षेत्रमा प्रभाव भएकाले त्यसलाई ध्यानमा राखेर आफूहरु विरोधमा उत्रिनु परेको उनीहरुको दाबी छ ।
आन्दोलनको कार्यक्रमअनुसार पुष १० गते देशव्यापी कोणसभा, पुष ११ गते राष्ट्रिय सभागृहमा १२ बजे प्रज्ञाभवनमा अन्तरक्रिया कार्यक्रम,पुष १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन ,पुष १३ गते मशाल जुलुस, पुष १४ गते अन्तरक्रिया र पुष १५ गते विहान ९–१० बजे चक्का जाम रहेको छ ।