२५ जेठ २०८३, सोमबार

राजधानीबारे छलफल गर्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय

असोज १९, २०७७
राजधानीबारे छलफल गर्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय

कांग्रेसले प्रदेश सभाको सोमवार बस्ने बैठक अवरुद्ध गर्ने भएको छ ।

सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।

प्रदेश सभामा प्रदेशको राजधानी दाङ र नामकरण सम्बन्धी प्रदेश सरकारले पेश गरेको प्रस्तावप्रति छलफल हुने कार्यतालिका छ । 

बैठक केहीबेरमा बस्दैछ । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बैठकमा राजधानी र नामकरणको प्रस्तावको विषय हतारमा आएकाले यसलाई २–३ दिन पछाडि सार्न आग्रह गर्दा नेकपाले नमानेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको लोकान्तरलाई जानकारी दिइन् । 

उनले भनिन्, ‘प्रस्ताव एकाएक आयो । अध्ययन गर्न पनि पाइएन । १–२ दिन पछाडि सारेर केही बिग्रिँदैन भन्दा नेकपाले नमानेपछि बैठक अवरुद्ध गर्ने निर्णय कांग्रेसले गरेको छ ।’

सोमवारको बैठक चल्न नदिने क्षेत्रीले बताइन् । १२ बजे बैठक बोलाइए पनि अहिलेसम्म बस्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्