०५ साउन २०८३, मंगलबार

अक्षय कुमारको नयाँ फिल्म बेलबटमको टीजर सार्वजनिक (भिडियो)

असोज १९, २०७७
अक्षय कुमारको नयाँ फिल्म बेलबटमको टीजर सार्वजनिक (भिडियो)

अक्षय कुमारको नयाँ फिल्म बेलबटमको टीजर सोमवार सार्वजनिक भएको छ । 

३० सेकेन्ड लामो टीजरमा उनी लामा जुंगा र बेलबटम स्टाइलको पाइन्ट लगाएर धावनमार्गमा हिँडेको देखिन्छ । 

फिल्मको टीजर इन्स्टाग्राममा शेयर गर्दै अक्षयले लेखे, ‘ गो बेलबटम । यसले तपाईंलाई सन् १९८० को दशकको रोमाञ्चक याद दिलाउनेछ ।’

फिल्ममा अक्षयसँग वाणी कपूर पनि देखिनेछिन् । अनि हुमा कुुरैशी र लारा दत्ताको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । 

फिल्ममा अक्षय भारतीय गुप्तचर निकाय रको अधिकारी बनेका छन् । फिल्मको अधिकांश शूटिङ स्कटल्यान्ड र लन्डनमा भएको हो । 

कोरोना महामारीका बीच शूटिङ शुरू गरेर सक्ने यो पहिलो फिल्म हो । 

फिल्म सन् २०२१ को अप्रिल २ मा रिलीज हुन लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्