०३ साउन २०८३, आइतबार

अंग्रेज र मोदी उस्तै, दुवैले भारत लुटे – राहुल गान्धी

अंग्रेज र मोदी उस्तै, दुवैले भारत लुटे – राहुल गान्धी

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारलाई बेलायती उपनिवेशसँग तुलना गरेका छन् । कांग्रेसले संचालन गरेको ३ दिने खेती बचाओ यात्राका क्रममा गान्धीले मोदीलाई अंग्रेजसँग तुलना गरेका हुन् ।

उनले अंग्रेजले पनि भारत लुटेर लगेको र मोदीले पनि भारत लुट्न कुनै कसर बाँकी नराखेको टिप्पणी गरेका हुन् ।

‘बीजेपी सरकारले किसानको मेरुदण्ड यसरी भाँचिदिएको छ, जसरी ब्रिटिश सरकारले गर्दथ्यो,’ गान्धीले मोदीमाथि प्रहार गर्दै भने, ‘पूरै देश आम्बानी र अदानीको दास भइसकेको छ । मोदी सरकारका पालामा १० रुपैयाँ पर्ने चीजलाई ५० परिरहेको छ । उपभोक्ता र किसान दोहनमा परेका छन् ।’

कांग्रेस नेता गान्धीले भवानीगढमा आयोजित ट्रयाक्टर र्यालीमा बोल्दै मोदी सरकारमाथि निशाना साँधेका हुन् ।

उनले प्रधानमन्त्री मोदीलाई कृषकहरूको संरचना ध्वस्त पारेर केही ठूला व्यवसायीक घरानालाई पोस्ने खालको विधेयक ल्याएको भन्दै आलोचना गरे ।

‘किसानहरूलाई आम्बानी र आदानी जस्ता ठूला उद्योगीसँग सिधै कारोबार गर्न लगाइनेछ,’ उनले भने, ‘उनीहरूले किसानको परिश्रम दोहन मात्र गर्नेछन् र किसानले धानेको देशलाई झन् गरीब बनाउनेछन् । त्यतिबेला पुलिस, राज्य र सरकार मूकदर्शक बनेर हेरिरहनेछन् ।’

salt training

कमेन्ट गर्नुहोस्