१० असार २०८३, बुधबार

सरकारद्वारा १४ दिन क्वारेन्टिनमा बस्न आग्रह, उपत्यकामा यसकारण बढ्यो कोरोना

सरकारद्वारा १४ दिन क्वारेन्टिनमा बस्न आग्रह, उपत्यकामा यसकारण बढ्यो कोरोना

काठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको  सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएकाले सङ्क्रमण बढेको जनाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  आज आयोजित पत्रकार सम्मेलन बाहिर निस्कँदा मास्क लगाउने, दुई  मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए । 

आज मात्रै मुलुकभर दुई हजार ४४० सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा एक हजार ५३१  सङ्क्रमित फेला परेका छन् । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि सङ्क्रमण बढेको उनले बताए । 
“ खुला सीमा भएका कारण मानिस सीधै काठमाडौँ आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौँ । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ  ।”

salt training

कमेन्ट गर्नुहोस्