१० असार २०८३, बुधबार

मास्क लगाएको मान्छे आउँदा मात्र खुल्छ यो ढोका (भिडियो)

भदौ १६, २०७७
मास्क लगाएको मान्छे आउँदा मात्र खुल्छ यो ढोका (भिडियो)

संसारभरि कोभिड फैलिरहेको अवस्थामा मास्क लगाएर बस्नु अहिलेको आवश्यकता हो । 

यो सुरक्षा उपकरण लगाएर मात्र घरबाट बाहिर निस्कनुपर्ने हुन्छ । 

तर केही अटेरी मानिसहरू मास्क लगाउन मान्दैनन् । मास्क नलगाइकनै उनीहरू सार्वजनिक स्थानमा जान जिद्दी गर्छन् । 
 

थाइल्यान्डका स्थानीय पसलहरूले नयाँ प्रविधि ल्याएर मास्क नलगाएका ग्राहकलाई पसलभित्र पस्नै नदिने बनाएका छन् । 

उनीहरूले एउटा स्क्यानर राखेका छन् जसले कुनै पनि ठाउँमा प्रवेश गर्ने व्यक्तिको अनुहारलाई स्क्यान गर्छ । अनुहारमा मास्क छैन भने स्वचालित ढोका नै खुल्दैन । उक्त स्क्यानरले शरीरको तापक्रम पनि जाँच्छ । 

ट्विटरमा नियाल हार्बिसन नामक व्यक्तिले यसको भिडियो पोस्ट गरेका छन् । 

मास्क नलगाएका मानिसका लागि ढोका नखुल्ने प्रविधि जडान गरिएको जानकारी उनले दिएका छन् । 

ट्विटर प्रयोगकर्ताहरूले यस प्रविधिको स्वागत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्