०९ असार २०८३, मंगलबार

काभ्रेको डाँडापारी जोड्ने पक्की सडक बन्ने

असोज २२, २०७७
काभ्रेको डाँडापारी जोड्ने पक्की सडक बन्ने
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको विकट डाँडापारी क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ । 

यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो । 

बाग्मती प्रदेश सरकारले ४९ करोड बजेट विनियोजन गरेकाले जिल्ला सदरमुकामदेखि पहिलो खण्डअन्तर्गत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने (वडा नम्बर ५ को खोलाघारी–घ्याब्रिङ–देवीटार) ८.७ किमी बाटोको शिलान्यास मंगलवार प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले गरेका थिए ।

उनले जिल्ला सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने पक्की सडक निर्माणका लागि ठेक्का आह्वान भइसकेको र समयमै काम सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध गरिने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला सदरकमुकामदेखि गाउँपालिकासम्म जोड्न रोशी गाउँपालिकाको पिन्थली–रजबास–चारकिल्ला–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले र कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले गरी २ ठाउँबाट कच्ची मोटरबाटो सञ्चालन भइसकेको छ । 

पक्की सडक निर्माणका लागि श्रेष्ठ/साक्ष्मक जेभिले २५ करोड ८२ लाखको लागतमा आगामी २०७९ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्