३१ जेठ २०८३, आइतबार

२० केजी चरेशसहित धादिङबाट एक पक्राउ

२० केजी चरेशसहित धादिङबाट एक पक्राउ

लागुऔषध चरेश सहित धादिङबाट एक जना पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ तर्चिका ३७ वर्षीय रेशम बहादुर तामाङ २० केजी चरेश सहित पक्राउ परेका हुन् ।

प्रहरीले तामाङलाई मंगलवार धादिङ,गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पक्राउ गरेको हो ।

आदमघाटमा लागुऔषधको कारोबार हुने गरेको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले उनलाई पक्राउ गरेको कार्यालयका प्रमुख एबं डिएसपी विश्वराज खड्काले बताए ।

पक्राउ परेका तामाङलाई बुधवार पत्रकार सम्मेनल गरी प्रहरीले सार्वजनिक गरेको हो । तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेश, एक थान मोवाईल पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका तामाङलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्