३२ असार २०८३, बिहीबार

यौन दुर्व्यवहारको भिडियो बाहिरिँदा...

असोज २३, २०७७
यौन दुर्व्यवहारको भिडियो बाहिरिँदा...

महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घोराहीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जाहेरी परेपछि सिद्धार्थ एकेडेमीका शिक्षक शिवकुमार रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले पनि उनलाई सेवाबाट बर्खास्त गरेको छ ।

विद्यालयले विज्ञप्ति जारी गर्दै शिक्षक रानालाई कानुनी कारबाहीको प्रक्रियामा सहयोग गर्ने पनि जनाएको छ ।

शिक्षिकाले कैंची माग्दा रानाले आफ्नो यौनांगमा राखेर आफैं लैजाऊ भनेर जिस्क्याएको भिडियो सार्वजनिक भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्