०५ असार २०८३, शुक्रबार

अमेरिकाले अफगानिस्तानमा तीन हजार थप सैनिक पठाउने

कात्तिक २०, २०७४
अमेरिकाले अफगानिस्तानमा तीन हजार थप सैनिक पठाउने

काठमाडौं, २६ वैशाख — अमेरिकी सेना र गृहमन्त्रालयले तालिबानसँग लड्नका लागि कम्तीमा तीन हजार सेना पठाउने सिफारिश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।


यो प्रस्ताव अन्तर्गत सेनाका उच्च अधिकारीहरूले तालिबान नेतालाई हवाई आक्रमण गर्ने अधिकार पनि प्राप्त गर्नेछन् ।
नाम नखुलेका अधिकारीहरूका अनुसार यो योजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छैनन् । यसमा अन्य नाटो मुलुकहरूलाई तीन हजारदेखि पाँच हजारसम्म सैनिक पनि समावेश भएका छन् ।

अहिले १३ हजार नाटो सैनिक अफगानिस्तान छन् र तीमध्ये आठ हजार ४०० अमेरिकी सैनिक हुन् ।

तालिबानविरुद्धको अमेरिकी कारवाही आधिकारिक रूपमा सन् २०१४ मा टुंगिएको भएपनि विशेष फौजहरूले अफगानी सेनालाई सहायता दिइरहेका छन् ।

फेब्रुअरीमा अफगानिस्तानस्थित अमेरिकी सेनाका कमान्डर जोन निकोल्सनले सिनेट समितिमा केही हजार सैनिकको कमी रहेको बताएका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्