२५ जेठ २०८३, सोमबार

ट्रम्पले गरे कमला ह्यारिसको कठोर आलोचना

असोज २३, २०७७
ट्रम्पले गरे कमला ह्यारिसको कठोर आलोचना

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी डेमोक्रेटिक दलकी उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई ‘राक्षस’ र ‘कम्युनिस्ट’ भनी बिहीवार आलोचना गरेका छन् । 

जो बाइडनले नोभेम्बरमा चुनाव जिते भने उनलाई एक महिनामा हटाएर कमला ह्यारिस आफैं राष्ट्रपति बन्ने ट्रम्पले बताए । 

‘माइक पेन्ससँग एउटै मञ्चमा रहेकी ती राक्षस्नीलाई पेन्सले ध्वस्त पारे,’ ट्रम्पले फक्स न्युजसँग फोनमा कुरा गर्दै भने । उनले बुधवार सम्पन्न उपराष्ट्रपति बहसको प्रसंग झिकेका हुन् । ‘ती राक्षस्नी भन्छिन्– हुँदैन, हुँदैन, फ्य्राकिङ हुँदैन, त्यो हुँदैन । उनले भनेका सबै कुरा झूटा हुन् ।’
 

ह्यारिसलाई कसैले मन नपराउने र उनले उपराष्ट्रपति पेन्ससँग बहस गर्न नसकेको ट्रम्पले बताए । ‘उनी समाजवादीभन्दा खराब छिन्, उनी कम्युनिस्ट हुन् । उनले देशको सीमा खुला राखेर हत्यारा र बलात्कारीहरूलाई अमेरिकामा भित्र्याउन खोजेकी छन् ।’

बाइडन राष्ट्रपतिका रूपमा दुई महिना पनि नटिक्ने ट्रम्पले बताए ।
 

बाइडनले ट्रम्पलाई निन्दनीय टिप्पणी गरेको भन्दै आलोचना गरे । ‘यस्तो टिप्पणी राष्ट्रपति कार्यालयको मर्यादाविपरीत छ अनि अमेरिकी जनता यसबाट दिक्क भइसकेका छन् । यो मान्छे कस्तो हो भन्ने उनीहरूलाई थाहा छ, यसलाई रोक्नुपर्छ,’ उनले भने । 

आफूले चिनेकोमध्ये सबभन्दा असल मानिस कमला ह्यारिस भएको बाइडनले बताए । मजबूत महिलासँग व्यवहार गर्दा ट्रम्पलाई असहज हुने गरेको पनि उनले टिप्पणी गरे । 

उपराष्ट्रपति बहसमा ह्यारिसले ट्रम्पको कठोर आलोचना गरेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्