२२ असार २०८३, सोमबार

चुनावको विरोधमा मधेसी दल आन्दोलित

कात्तिक २०, २०७४
चुनावको विरोधमा मधेसी दल आन्दोलित
काठमाडौं, २६ बैशाख – मधेसी दल आवद्ध संघीय गठबन्धनले स्थानीय तह चुनावको विरोध स्वरुप विभिन्न खालका कार्यक्रम सार्जनिक गरेको छ ।mahantha
आज बसेको गठबन्धन बैठकले आगामी बैशाख २९ गते देशका विभिन्न स्थानमा विरोध सभा गर्ने र जेठ १ गते विरोधसभा गर्ने निर्णय गरेको हो ।
सरकारले पटक पटक संविधान संशोधन गरेमात्रै चुनाव गर्ने बताएपछि माग सम्बोधन नभईकनै चुनाव गर्न लागेको भन्दै पहिलो चरणमा सो विरोधको कार्यक्रम घोषणा गरेको गठबन्धनले जनाएको छ ।
गठबन्धनले आगामी बैशाख ४ गते बस्ने बैठकबाट पनि संशोधन नभए सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
संशोधनलाई मुख्य माग बनाएको गठबन्धन पहिलो चरणको निर्वाचनमा सहभागि छैन भने दोस्रो चरणको चुनाव पनि बहिस्कार गर्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्