०४ साउन २०८३, सोमबार

आज विदेशबाट कति नेपाली फर्किए ?, हालसम्म स्वदेश फर्किनेको तथ्यांक हेर्नुहोस्

आज विदेशबाट कति नेपाली फर्किए ?, हालसम्म स्वदेश फर्किनेको तथ्यांक हेर्नुहोस्

कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट उन्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्नेहरू नेपाल फर्किने क्रम जारी रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबार विभिन्न देशबाट १०५२ नेपाली स्वदेश फर्किएका छन् । कतार, युएई, साउदी र मलेसियाबाट सो संख्याका नेपालीहरु स्वदेश फर्किएका हुन् ।

यस्तै हालसम्म १ लाख ३ हजार ८०७ नेपाली स्वदेश फर्किएका छन् भने नेपाली फर्किने मध्ये सबैभन्दा धेरै युएईमा कार्यरत श्रमिकहरु रहेका छन् ।

सरकारले अन्तरराष्ट्रिय उडानमा रोक लगाएपछि सुरुमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउन उद्धार उडान गरेको थियो भने पछिल्लो समय सीमित संख्यामा नियमित उडान समेत सञ्चालनमा आएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्