११ साउन २०८३, सोमबार

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैको अवसरमा व्याज रकममा भारी छुट

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैको अवसरमा व्याज रकममा भारी छुट

महालक्ष्मी विकास बैंक लि. ले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । 
बैंकले व्याज रकममा १०% छुट असोज मसान्तभर प्रदान गर्ने छ । 

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्