११ साउन २०८३, सोमबार

४१ अंकले बढेर २७ सय माथि पुग्यो नेप्से, साढे ५ अर्बको कारोबार

साउन ४, २०८३
काठमाडौं
४१ अंकले बढेर २७ सय माथि पुग्यो नेप्से, साढे ५ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.७० अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको हो ।

यसअघि गत साताको अन्तिम कारोबार दिन शेयर बजार ७९.७४ अंकले बढेर २६७७.५४ को विन्दुमा अडिएको थियो ।

आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

जहाँ २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार एभरेस्ट कलर लिमिटेडको शेयर मूल्य सर्वाधिक १४.९७ प्रतिशतले बढेको छ । यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा अखुँखोला जलविद्युत कम्पनी २९ करोड १५ लाख ५२ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्