०१ असार २०८३, सोमबार

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५१०० पुग्यो

असोज २७, २०७७
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५१०० पुग्यो

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १०० पुगेको छ । प्रदेशमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

 थपिनेमा लमजुङका २७, तनहुँका २६, कास्कीका १७, स्याङ्जाका तीन, पर्वतका दुई र मनाङका एक जना छन् ।
 यसमध्ये लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्