०५ असार २०८३, शुक्रबार

अभिनेता राजेश हमालका कारण एमालेमा बबाल !

कात्तिक २०, २०७४
अभिनेता राजेश हमालका कारण एमालेमा बबाल !
काठमाडौं, २७ वैशाख– ‘ए हुँदैन, हुँदैन ! कमरेड, हुँदै हुँदैन क्या ! राजेश हमाल रिसाउँछ बा !’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यालाई फिल्मी नायक कति मनपर्दो रहेछ भन्ने यही संवादबाट बुझिहालिन्छ ।

स्थानीय निर्वाचनका लागि पहिलो चरणको कार्यक्रम अन्तर्गत १६गते मनोनयन पत्र दाखिला गर्ने समय झण्डै झण्डै गुज्रिन लागिसकेको थियो ।

तर, एमालेको कोटेश्वरस्थित ३ नै प्रदेशको सम्पर्क कार्यालयमा पड्कापड्की जारी नै रह्यो । यसरी अभिनेता राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्था पुगेको कारणचाहिँ एउटा वडाअध्यक्षको टिकटका लागि मात्र थियो ।
कपुरधारा, अर्थात काठमाडौं महानगरपालिका साविकको २९ र अहिले कायम २६ नम्बर वडामा बडाअध्यक्षका दुई दाबेदार थिए , अर्जुनलाल प्रधान र निमा गुरुङ ।

यसमध्ये पार्टी केन्द्रीय सदस्यसमेत रहेका अर्जुनलाललाई अस्ट आफैले अघिल्लो दिन भोलिको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन् ।

पार्टीको पत्रसाथ निर्वाचन कार्यालयमा गएर नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका अर्जुनलाल त्यतिबेला छक्क परे जब अष्टलक्ष्मी बातैपछिच्छे हुँदैन, हुँदैन भन्दै कराउन थालिन् । स्थानीय कार्यकर्ता भन्दै थिए, अर्जुन नहुने भए निमाको नाममा सही गरेर चिठी दिनुस् ।

त्यसमा पनि अष्टले हुँदैन हुँदैन नै भनिन् । अनि के हुन्छ त ? भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन्,‘राजेश हमाल रिसाउँछ बा, यो मेरो बाढ्यता हो ।’

अर्थात कपुरधारामा अभिनेता राजेश हमालको घरसँगै घर भएका देवेन्द्र रिमाललाई टिकट दिनका लागि हमाल आफैले लबिङ गरेका रहेछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन बिहानमात्रै पाँचपटक फोन गरिसकेका रहेछन् ।

केपीले आफूले अष्टलक्ष्मीलाई भनिसकेको भन्दै उनीसँग सम्पर्क गर्न भने । यसअनुसार राजेशले अष्टलाई एक एक छिनमा फोन गरेर म्याडम भएन ? भन्दै अत्याइरहेका थिए । अष्टले शुरुमा त गाह्रो छ भनिन् तर राजेशले फेरी केपीलाई फोन गरेर केपीकै फोनबाट अष्टलाई फोन गराए ।

बास्तवमा अष्ट आफैँचाहिँ अर्जुनलाललाई नै दिने पक्षमा थिइन् । केपीले राजेश हमालजत्तिको मान्छेले भनिसकेपछि किन नाइँनास्ती गर्नु ? भोलि उनीजस्ता मान्छे हाम्रो पक्षमा आउँदा, प्रचारमा हिँड्दा त्यसको अर्कै
सन्देश दिन्छ । त्यसैले हाम्रा साथीहरुलाई सम्झाएर पठाउनुस् भने ।

अष्टले त्यो कुरा त्यहाँका कार्यकर्तालाई सुनाइन् । सिफारिसमा परेका निमा ०५४ मा वडासदस्य जितेकी सक्रिय कार्यकर्ता हुन् भने अर्जुनलाल त केन्द्रीय सदस्य भइहाले । देबेन्द्र रिमालचाहिँ सामान्य समर्थक मात्र हुन् ।

जनआस्थाबाट

salt training

कमेन्ट गर्नुहोस्