![शीतल निवास पुगेर नवनियुक्त मन्त्रीहरूले लिए शपथ [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/Sapath_SODo3TMDZW.jpg)
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले बुधवार विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।
शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै छन् ।