१८ असार २०८३, बिहीबार

थाइल्यान्डमा राजतन्त्रविरोधी प्रदर्शन चर्कंदै गएपछि लगाइयो संकटकाल

असोज २९, २०७७
थाइल्यान्डमा राजतन्त्रविरोधी प्रदर्शन चर्कंदै गएपछि लगाइयो संकटकाल

थाइल्यान्डमा राजतन्त्रविरोधी प्रदर्शन चर्कंदै गएपछि राजधानी बैंककमा कठोर संकटकालको घोषणा प्रधानमन्त्रीले गरेका छन् । 

प्रहरीले २० जनाभन्दा बढीलाई पक्राउ समेत गरिसकेको छ । 

संकटकालको नियमअनुसार, पाँच वा त्यसभन्दा बढी व्यक्तिहरू भेला हुन प्रतिबन्ध लगाइएको छ । अनि डर उत्पन्न गर्ने वा राष्ट्रिय सुरक्षालाई असर पार्ने समाचार वा अन्लाइन सूचना प्रकाशन गर्ने काममा पनि रोक लगाइएको छ । 
बुधवार एक विशाल जुलूसमा प्रदर्शनकारीहरूले लोकतान्त्रिक सुधार ल्याउनुपर्ने र शक्तिशाली राजतन्त्र पनि सुध्रिनुपर्ने माग राखेका थिए । 

बिहीवार बिहान सबेरै दंगा प्रहरीले गभर्नमेन्ट हाउसअगाडि प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पारेको थियो । उनीहरू प्रधानमन्त्री प्रयुत चान–ओचाको राजीनामा माग्दै प्रदर्शन गरिरहेका थिए ।

कोरोनाभाइरस नियन्त्रणका लागि घोषणा गरिएको संकटकाल थाइल्यान्डमा अझै पनि कायम छ । प्रदर्शनहरू चर्किरहेको र बुधवार राजाको मोटरकेडलाई बाधा गरिएको अवस्थालाई व्यवस्थापन गर्न नयाँ शक्ति प्रयोग गरिएको सरकारको भनाइ छ । अनि आर्थिक क्षति र कोरोना फैलिने डरलाई पनि सरकारले उद्धृत गरेको छ । 
 

मानवअधिकारवादी संगठन ह्युमन राइट्स वाचका अनुसार, नयाँ संकटकालीन उपायहरूले प्रदर्शनकारीलाई ३० दिनसम्म वकिल वा परिवारको पहुँचविना नै अनि अभियोग नलगाइकनै हिरासतमा राख्न प्रहरीलाई अधिकार दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्