११ असार २०८३, बिहीबार

३६ हजार ५३३ पुगे सक्रिय संक्रमित, ६८ जना भेन्टिलेटरमा

३६ हजार ५३३ पुगे सक्रिय संक्रमित, ६८ जना भेन्टिलेटरमा

मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७४९ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज एक हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए  । मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहनुभएको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहनुभएको छ । कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्