स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ। बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा कोरोना संक्रमितको संख्या ४० हजार ७१ पुगेको हो । यस्तै काठमाडौंमा मृतकको संख्या १५१ पुगेको छ । यसैगरी काठमाडौंमा २४ हजार १९ जना निको भएपछि सक्रिय संक्रमित १५ हजार ९०१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।