१४ असार २०८३, आइतबार

विदेशबाट धमाधम फर्किँदै नेपाली, खाडीसहित कुन देशबाट कति नेपाली फर्किए (तथ्यांकसहित)

विदेशबाट धमाधम फर्किँदै नेपाली, खाडीसहित कुन देशबाट कति नेपाली फर्किए (तथ्यांकसहित)

कोभिड–१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किनै पर्ने नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहीबार कतार, टर्की, युएई, मलेसिया र साउदी अरेबियाबाट विभिन्न फ्लाइटका नेपालीहरु स्वदेश फर्किएका छन् ।

हालसम्म स्वदेश फर्किने नेपालीको संख्या १ लाख ७ हजार ६९१ पुगेको केन्द्रले जनाएको छ । फर्किने मध्ये सबैभन्दा धेरै खाडी मुलुकमा पुगेका श्रमिकहरु छन् ।
सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान रोकिएपछि सुरुमा चार्टर उडानमार्फत नेपाली ल्याएको थियो भने हाल नियमित उडानमार्फत नै पनि मापदण्ड पूरा गरेर नेपाली स्वदेश ल्याउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्