०६ असार २०८३, शनिबार

अमेरिका र उत्तर कोरियाबीचको तनाव बढ्यो, विस्फोटक छ हालत

कात्तिक २०, २०७४
अमेरिका र उत्तर कोरियाबीचको तनाव बढ्यो, विस्फोटक छ हालत

काठमाडौं, २७ वैशाख — अमेरिका र उत्तर कोरियाका बीच सम्बन्ध लगातार बिग्रिरहेको छ । एकले अर्कालाई धम्की दिने क्रम जारी छ ।


यसैबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई कुनै पनि हालतमा उत्तर कोरिया नजान चेतावनी दिएको छ । दुवै देशका बीचको स्थिति विस्फोटक भइसकेकाले जोखिम नउठाउन अमेरिकाले लगाएको हो ।

उत्तरले एक अमेरिकी नागरिकलाई शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा पक्राउ गरेपछि अमेरिकाको यो ट्राभल एड्भाइजरी आएको हो ।

तनाव बढिरहेका बेलामा चार अमेरिकी नागरिकलाई उत्तरले बन्दी बनाइसकेको छ ।

उत्तर कोरियाले अमेरिकी बन्दीहरूलाई कठोर सजाय दिने गरेको छ । उनीहरूका विरुद्ध युद्धको बेलामा लगाइने कानून लगाएर सजाय दिइन्छ ।

हालै उत्तर कोरियाले किम हाक–सङ नामक व्यक्तिलाई पक्राउ गरेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्