×

NMB BANK
NIC ASIA

‘जातको प्रश्न’ विवादमा राजेश हमालले खोले मुख– कार्यक्रम पूरै हेर्नुस्, धर्म प्रचार कतै छैन !

असोज ३०, २०७७

NTC
Premier Steels

प्रायः प्रशंसा र माया मात्र पाइरहने अनि असाध्यै कम विवादमा मुछिने महानायक राजेश हमाल पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’बाट आलोचनाको घेरामा परे ।

Muktinath Bank

क्रिश्चियनहरूको लगानीमा हिन्दूविरोधी कार्यक्रम बनेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भयो । सडकमा समेत छिटफूट विरोधका स्वरहरू सुनिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जातको प्रश्नका सबै शृंखला प्रशारण भइसकेका छन्, तथापि महानायक हमालबारे सामाजिक सञ्जालमा तर्क–बितर्क अझै सेलाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

यस विषयमा महानायक हमाल चुपचाप थिए । तर, लोकान्तरसँगको छोटो भेटमा हमालले आफ्नो धारणा राखेका छन् ।

Vianet communication

‘एकपटक ‘जातको प्रश्न’का सबै शृंखला हेर्नुभयो भने कतै पनि क्रिश्चियन धर्मको प्रचार गरिएको छ जस्तो मलाई लाग्दैन’, अभिनेता हमालले लोकान्तरसँग भनेका छन्, ‘त्यसैले यसमा कसको लगानी थियो भनेर खासै बहस गर्न जरुरी पनि छैन ।’

हरेक धर्म, जात, संस्कृति र रितिरिवाजको असाध्यै सम्मान गर्ने भन्दै हमालले आफ्ना शुभेच्छुकहरूलाई आफू कहिल्यै विवादमा तानिने किसिमका गतिविधिमा संलग्न नरहने समेत स्पष्ट पारेका छन् । 

अभिनेता हमालले जुनसुकै विषय र व्यक्तिबारे तर्क–वितर्कमा उत्रर्नुअघि उक्त विषयमा स्पष्ट रूपमा जानकारी समेत लिनुपर्ने बताए । यस्ता खालका कार्यक्रम अझै बन्न सके नेपाली समाज र दलितहरूप्रतिको विभेद अन्त्य हुन सक्ने हमालको तर्क छ ।

हमालको यो कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरूले नेपालमा भइरहेका जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राखेका थिए ।

समता फाउन्डेसनले ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुत अन्त्यका लागि भन्दै कान्तिपुर टेलिभिजनबाट प्रशारण गरेको थियो ।

शुरूका सबै कार्यक्रमलाई दर्शकहरूले मन पराएका थिए । तर, एपिसोडको अन्त्यतिर यो कार्यक्रम र सञ्चालक विवादमा मुछिएका हुन् ।

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको उक्त कार्यक्रममार्फत् उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप समेत लगाइएको थियो । 

कार्यक्रमको चर्को विरोध भइरहेका बेला काठमाडौंमा हमालको पुत्ला समेत जलाइएको थियो । हमालले सम्भवतः पहिलोपटक आफ्नो पुत्ला जलाइएको दृश्य देखे ।

हमालका शुभेच्छुक र नेपाली चलचित्रका केही अग्रजहरू हमाललाई विवादमा तान्न खोजिएको भन्दै यसमा धेरै विवाद गर्न आवश्यक नभएको बताउँछन् ।

उनीहरू भन्छन्, ‘कतिपयले धेरैलाई लगानीकर्तासँग होइन दलितका विषयमा उठान गरिएका सवालदेखि असन्तुष्टि लागेजस्तो देखियो ।  यस्ता किसिमका कार्यक्रम अझै धेरै बन्नुपर्छ । क्रिश्चियन अथवा अलकायदाले निर्माण गरेपनि खासै फरक पर्दैन ।’

समता फाउन्डेसन के भन्छ ?

कार्यक्रम विवाद परेपछि समता फाउन्डेसनले समेत स्पष्टीकरण दिएको छ । कार्यक्रमको मुख्य उद्देश्य जातीय विभेद सम्बन्धमा घर–घरमा संवादको शुरूआत गर्नु रहेको र कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको फाउन्डेसनले जनाएको छ ।

दलित समुदायविरुद्ध भइरहेका शृंखलाबद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउन उक्त कार्यक्रम ल्याइएको फाउन्डेसनका अध्यक्ष प्रदीप परियारले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x