
कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किने क्रममा जारी छ । सरकारले कोरोनाकालका बीचमा शुक्रबारसम्म १ लाख ९ हजार बढी नेपाली विभिन्न ३२ देशबाट फर्किसकेको जानकारी दिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शुक्रबारसम्म १ लाख ९ हजार ४८९ नेपाली स्वदेश फर्किएका छन् । फर्किनेमा अधिकांश खाडी मुलुकबाट रहेका छन् ।
आजपनि युएई, मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।

