
उमेर २३ वर्ष, ग्रेमी अवार्ड आफ्नो नाममा ल्याइसकेका, ट्वीटरमा ९ करोड ३४ लाख २१ हजार ९७७ फलोअर छन् । फोव्र्सले उनलाई तीनपटक विश्वका सवैभन्दा शक्तिशाली सेलिब्रेटीको लिस्टमा समेत राखिसकेको छ ।
एक समय उनीसँग सेल्फी खिच्नका लागि २ हजार डलर तिर्नुपर्थ्यो । नाम हो जस्टिन बीबर ।
पाँच वर्षपहिलासम्म उनको नाम त सुनिन्थ्यो तर सुनेर पनि मानिसहरुले नसुनेको जस्तो गर्थे । क्यानडामा १९९४ मा जन्मिएका यी गायक विश्वभरमा चर्चाको चुचुरोमा पुगे ।
जस्टिनले १० मे मा भारतमा कन्सर्ट गर्दै छन् । जब बीबीसीले उनलेका भारतीय कन्सर्टको टीकट बुक गर्ने प्रयास ग-यो यसको मूल्य आयो ५०४० रुपैयाँ र प्लेटिनम टिकट १५४०० रुपैयाँ । यदी यो रकम खर्च गर्न तपाईको क्षमताले नभ्याएको खण्डमा इएमलाईमा पनि टिकट काट्न व्यवस्था गरिएको छ ।
जस्टिन जति संगीतका लागि ज्यान दिन्छन्, त्यति नै आफ्नो अनौठो बानीका कारण छाउने गरेका छन् ।
जस्टिन बीबर ती कलाकारमा हुन् जो आफ्नो शो भन्दा पहिले खाली खुट्टा, कानमा एयरफोन राखेर कुनै चउरमा गीत सुनेर बस्छन् ।

यी चर्चित गायकले इन्स्टाग्रममा आफ्ना फ्यानहरुलाई भनिसकेका छन् की आफूसँग फोटो खिच्न आग्रह नगरियोस् । किनकी आफूलाई यस्तो काममा चिडियाघरमा राखिने जनावर जस्तो महसुस हुेन गरेको उनले बताए ।
जस्टिनका अनुसार अवस्था यस्तो आएको छ कि मानिस हाई, हेलो समेत भन्दैनन् । एक भिडियोमा उनी एक युवतीसँग गला मिलाउन इन्कार गरिहेका देखिएका छन् ।
जस्टिन एक यस्ता गायक हुन् जो आफूले गीत गाइरहेको बेलामा फ्यान्सहरु कराएको खण्डमा शो समेत छोडेर जाने गरेका छन् ।
जस्टिनका जबरजस्त फ्यानहरु छन् । यस वर्ष अप्रिलमा उनको शोबाट पाँच महिना पहिला ब्राजिलमा उनका फ्यानले रंगशालाको बाहिर टेन्ट लगाएर बसेका थिए । उनीहरु यसरी बस्नुको कारण शोको दिन राम्रो स्थानमा बस्न पाइयोस् भन्ने थियो ।
सन् २०१५ मा जस्टिनका दुई बहिनीसमेत चर्चित भएका थिए । यस भिडियोमा दुवैले जस्टिन बीबरको गीत, बेबी गाइरहेको थिए ।

विवादमा जस्टिन
गत वर्ष एक भिडियो आएको थियो जसमा कारमा रहेका एक फ्यानले उनलाई छुन खोजेका थिए र पछि उनको अनुहारमा रगत थियो ।
गत वर्ष उनी जब बीयर पिइरहेका थिए तब कसैले उनको तस्वीर लिन खोज्यो । उनले तस्विर लिन खोज्ने व्यक्तिको फोन फुटाइदिए र १ लाख डलरको केस गर्ने बताएका थिए ।
२००८ मा उनको केह यूट्युब भिडियोका माध्यमबाट एक ट्यालेन्ट म्यानेजरले उनलाई खोजे र २०१० सम्म आइपुग्दा उनको एल्बम सार्वजनिक भयो र उनी स्टार भए ।