१० असार २०८३, बुधबार

आमा सडकमा अण्डा बेच्थिन्, छोरा बने दक्षिण कोरियाका राष्ट्रपति

कात्तिक २०, २०७४
आमा सडकमा अण्डा बेच्थिन्, छोरा बने दक्षिण कोरियाका राष्ट्रपति

दक्षिण कोरियामा राष्ट्रपति चुनावमा बामपन्थी झुकाववाला उम्मेदवार मून जे इनले जीत निकालेका छन् ।
मूल जे इन डेमोक्रेटिक पार्टी कोरियाका तर्फबाट उम्मेदवार भएका थिए ।

मून जे इन उत्तर कोरियासँग कुराकानी गर्नुपर्ने पक्षमा छन् जबकी पूर्ववर्ती राष्ट्रपति पार्क गुन हेले प्योङयाङका साथ सवै सम्बन्ध विगारेकी थिइन् ।

दक्षिण कोरियाली निर्वाचनमा जित हासिल गरेका उनी पूर्ववर्ती राष्ट्रपति पार्क गुन माथि भ्रष्टाचार र पद गुरुपयोग लागेपछि उक्त पद सम्हाल्न पुगेका हुन् ।

मार्च महिनामा पार्क गुनलाई महाअभियोगको माध्यमबाट पदमुक्त गरिएको थियो । सन् २०१२ मा राष्ट्रपति चुनावमा मूनले इन पार्क गुनसँग झिनो मत अन्तरमा हारेका थिए ।


को हुन् मून ?


मूल जे इनलाई आफ्नो पूर्ववर्ती पार्क गुन हेका बाबुको विरोध गरेका कारण जेलमा बस्नु परेको थियो । अब भ्रष्टाचारको आरोपमा पार्क गनु हे जेलमा बन्द छीन जबकि एक शरणार्थीका छोरा मून दक्षिण कोरियाको सत्ताको शिखरमा पुगेका छन् ।

मूनको शुरुवती जीवन गरिबीमा बितेको थियो । उनकी आमा उनलाई पिठ्युमा बोकेर दैनिक गुजाराका लागि अण्डा बेच्ने काम गर्थिन् । जसले आज देशको कमाण्ड समालेका छन् ।

कोरियाई युद्धको समयमा मूनका आमा बुबा उत्तरबाट पलायन भएका थिए । १९५३ मा जब मून जे इनको जन्म भयो तब उनीहरुको परिवार दक्षिणी द्वीप जेओजेमा बस्थे ।

मूनको जीवनीका अनुसार उनका पिता युद्धबन्दीको एक शिविरमा काम गर्थै जकबी उनकी आमा बन्दरगाह नगर बुसानको सडकमा अण्डा बच्ने गर्थिन् ।

मू राष्ट्रपति हाह मू ह्यूनका बरिष्ठ सहयोगिका रुपमा कम गरिसकेका व्यक्ति हुन् । राष्ट्रपति राह मू ह्यूनले २००९ मा भ्रष्टाचारको आरोपलागेसँगै आत्महत्या गरेकी थिइन् ।

मूनले उत्तर कोयियामाथि प्रतिबन्ध तथा दबाब बनाउनका लागि कुराकानी गर्ने पक्षमा छन् ।

कमेन्ट गर्नुहोस्