१६ असार २०८३, मंगलबार

गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने : मुख्यमन्त्री गुरुङ

कात्तिक १, २०७७
गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने : मुख्यमन्त्री गुरुङ
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताएका छन् ।

रेस्टुरेन्ट एन्ड बार एशोसिएशन पोखरा (रेबान) को २६ औंं साधारणसभा तथा १४ औंं अधिवेशनको उद्घाटन सत्रमा मुख्यमन्त्री गुरुङले कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताए ।

प्रदेशले पर्यटन क्षेत्रमा दैनिक २७ अर्ब घाटा क्षेत्रमा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिए । स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनुको विकल्प नभएको उनको भनाइ थियो ।

उनले रानीवनलाई जैविक विविधतायुक्त सिटी पार्कमा विकास गर्ने र लेखनाथ पचभैयास्थित जुलोजिकल पार्क र मिनी मुस्ताङको अवधारणालाई साकार पारिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्