०१ असार २०८३, सोमबार

गहुँ उत्पादनमा वृद्धि

कात्तिक २०, २०७४
गहुँ उत्पादनमा वृद्धि

सप्तरी, २७ वैशाख –गत वर्षको तुलनामा यसवर्ष जिल्लामा गहुँ उत्पादनमा अत्यधिक वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसवर्ष २५ हजार हेक्टर जमिनमा गहँुबाली लगाइएकामा ५० हजार मेट्रिक टन गहँु उत्पादन भएको अनुमान गरिएको छ ।

जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँ उत्पादन हुने गरेकामा यसवर्ष २५ हजार हेक्टरमा मात्र गहुँ उत्पादन भएको सो कार्यालयको तथ्याङ्मा उल्लेख छ ।

गतवर्ष प्रति हेक्टर गहुँ उत्पादन १।८ मेट्रिक टन रहेकोमा यसवर्ष मौसम अनुकूल भएकाले प्रतिहेक्टर दुई मेक्ट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । गतवर्ष २५ हजार हेक्टर जमिनमा ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख भगिरथ यादवले बताउनुुभयो ।

salt training

कमेन्ट गर्नुहोस्