
काठमाडौं, २७ वैशाख –स्थानीय तहको निर्वाचनको दिन आइतवार पर्यटक सवारीलाई कुनै अवरोध नगरिने भएको छ । नेपाल पर्यटन बोर्डले निर्वाचनको दिन पर्यटक बोक्ने हरियो नम्बर प्लेटको सवारीलाई कुनै अवरोध नहुने बताएको छ । त्यसका लागि पर्यटन बोर्डले छुट्टै सवारी पासको व्यवस्था गरेको छ ।
बोर्डले गरेको सिफारिसका आधारमा सम्बन्धित सवारी कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिन पाउनेछन् ।