भारत र चीनबीच सीमाविवाद जारी रहँदै गर्दा चिनियाँ जनमुक्ति सेनाले मनोवैज्ञानिक दबाब कायम गर्नका लागि युद्धाभ्यास गरिरहेको छ ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार, लाइभ फायर अभ्यासमा ९० प्रतिशत नयाँ हतियार उपयोग गरिएको छ ।
ग्लोबल टाइम्सका अनुसार, यो सैन्य अभ्यास ४७ सय मिटरको उचाइमा तिब्बत थिएटर कमान्डले गरेको हो । ग्लोबल टाइम्सले यसको एक भिडियो पनि जारी गरेको छ ।
चिनियाँ सेनाको रकेट फोर्सले एकैपटक भयंकर आक्रमण गरेर पूरै पहाडी क्षेत्रलाई ध्वस्त पारेको भिडियोमा देखिन्छ ।
चिनियाँ सेनाले गाइडेड मिसाइल आक्रमणको अभ्यास गरेको छ । अभ्यासका क्रममा चिनियाँ सेनाले तोप प्रहार समेत गरेको छ । सैनिकहरूले काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो ।
भारत र चीनबीच कैयौं चरणमा भएको वार्तापछि पनि लद्दाख गतिरोधको समाधान आएको छैन ।
WATCH: The PLA Tibet Theater Command recently held live-fire exercises in the Himalayas at an elevation of 4700m. 90% of the weapons and equipment involved had been newly commissioned. pic.twitter.com/Mud3tKmqZl
— Global Times (@globaltimesnews) October 18, 2020