२५ जेठ २०८३, सोमबार

दशै‌ंमा होण्डाले ल्यायो सिआर–भि १.६ टर्भो आईडीटेक २०२० गाडी

कात्तिक २, २०७७
दशै‌ंमा होण्डाले ल्यायो सिआर–भि १.६ टर्भो आईडीटेक २०२०  गाडी

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आइडीटेक  इन्जिन युक्त नयाँ होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ । 

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० मा हाई–टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्नेछ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलईडी  हेड ल्याम्पस्, इनलाइन एलईडी फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट कीलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ । 

९ स्पिड सीभीटीसहितको १.६ आईडीटेक टर्भो इन्जिन युक्त र अफ रोडिङ्ग अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली एसयुभीको आन्नद लिन सकिने कम्पनीको दावी छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्