१० असार २०८३, बुधबार

४७४ कोरोना सङ्क्रमित थपिए प्रदेश १ मा, कर्णालीमा कति पुगे ?

कात्तिक २, २०७७
४७४ कोरोना सङ्क्रमित थपिए प्रदेश १ मा, कर्णालीमा कति पुगे ?

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं  १ मा  ४७४  कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये  १४९ महिला र ३२५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३  सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

यता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।  

कोरोना सङ्क्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सात-सात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको बताइएको छ ।

 उनका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १३२ सङ्क्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्