११ साउन २०८३, सोमबार

ट्रम्पको कट्टर समर्थक चढे ट्रम्प टावरमा, भेट्नका लागि गरे जिद्दी (भिडियो)

कात्तिक ३, २०७७
ट्रम्पको कट्टर समर्थक चढे ट्रम्प टावरमा, भेट्नका लागि गरे जिद्दी (भिडियो)

अमेरिकाको शिकागोमा राष्ट्रपति डोनल्ड ट्रम्पका एक कट्टर समर्थक ट्रम्प टावरको १६औं तल्लामा डोरी लिएर झुण्डिएका छन् । डोरीमा झुण्डिँदै उनले ट्रम्पसँग कुराकानी गर्ने माग राखे । 

त्यो व्यक्तिलाई तल झार्नका लागि प्रहरी कर्मचारीहरूलाई हम्मेहम्मे परेको थियो । बल्लबल्ल सम्झाएर उसलाई तल बोलाइएको थियो । पछि प्रहरीले उसलाई पक्राउ गरेको थियो । ऊ पक्राउ परेपछि पनि राष्ट्रपतिसँग भेट्ने माग गरिरह्यो ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन आउँदैछ । ट्रम्प अहिले चुनाव प्रचारमा व्यस्त छन् । उनको प्रतिस्पर्धा डेमोक्रेटिक पार्टीका जो बाइडनसँग छ । 

ट्रम्पले जो बाइडन तथा डेमोक्रेटिक पार्टीले अमेरिकाको इतिहास मेटाउन खोजेको र अमेरिकी मूल्यमान्यता त्याग्न प्रयास गरेको आरोप लगाए । बाइडनले मानिसहरूलाई खतरामा पार्ने ट्रम्पले दाबी गरे ।

आफ्नो आधार बचाइराख्न तथा मतदाताहरूलाई आफ्नो पक्षमा पार्न ट्रम्पले आह्वान गर्दै डेमोक्रेटिक पार्टीका नेताहरूलाई अमेरिकाविरोधी उग्रवादी संज्ञा दिए । उदारवादीहरूलाई रिपब्लिकन पार्टीमा समावेश हुन उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्