
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले कोभिड १९ को बिरामीको उपचार बिरामी आफैंले गर्नुपर्ने निर्णय गरेर सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै सरकारको यस्तो निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी भएको समेत बताएका छन् ।
उनले जनस्वास्थ्यको विषयमा गलत निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक नभएको समेत टिप्पणी गरेका छन् ।
यस्तो छ उनको ट्वीट
कोभिड १९ का विरामीले आफ्नो उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी छ।यसले सर्वोच्च अदालतको आदेशको अवहेलना पनी गरेको छ।जनस्वास्थ्यको विषयमा यस्तो निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक छैनन् ।
— Dr Shekhar Koirala (@Shekharnc) October 19, 2020