०५ असार २०८३, शुक्रबार

यो ठाउँमा किन जान पाउदैनन् महिला ?

कात्तिक २०, २०७४
यो ठाउँमा किन जान पाउदैनन् महिला ?
जापानमा एक यस्तो टापू छ जहाँ महिलालाई जाने अनुमति छैन । यस टापूमा युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको छ ।

जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारणले केबल पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् ।

जो मानिस यस टापूमा जान्छन् उनीहरुलाई उक्त स्थानबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन । उनीहरुलाई उक्त टापूबाट घास समेत ल्याउने अनुमति छैन ।

यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्दै छ ।

टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिने गरिएको छ ।

ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो ।

प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ ।

उक्त टापूमा पुग्ने पुरुषले पहिला नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । र, टापूको यात्रा गरेको कसैलाई पनि भन्न नहुने विश्वास लिने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्