२४ जेठ २०८३, आइतबार

प्रभु बैंकको लिवाङ शाखा कार्यालय सञ्चालनमा

कात्तिक ३, २०७७
प्रभु बैंकको लिवाङ शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडले रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन  रोल्पा नगरपालिकाका मेयर श्री पुर्ण के. सीले विहान १०ः२० बजे गरेका हुन् ।

बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्री पुर्ण के. सी. ज्यूले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे  । 

salt training

कमेन्ट गर्नुहोस्